शिक्षण पेशा र प्रविधिको प्रयोगमा मेरो अनुभव

सूचना तथा सञ्चार प्रविधि : वर्तमान अवस्थामा हामी ज्ञानमा आधारित समाजमा रहेका छौँ। विश्व ज्ञानमा आधारित विश्वव्यापीकरणको पथमा अगाडि बढिरहेको छ। मानिसले प्राप्त गर्ने सूचनाहरू सबै सधैं प्राथमिक स्रोतबाट मात्र प्राप्त गर्दैनन् उसले द्वितीय स्रोतबाट पनि महत्वपूर्ण सूचनाहरू प्राप्त गर्दछन् । सूचनाहरूको आदान प्रदान गर्ने प्रक्रियामा आधुनिक रूप विकसित हुँदै प्रविधिहरूको प्रयोग हुन थालेको छ। सूचना तथा सञ्चार प्रविधिले सूचना सम्प्रेषण गर्ने कुरामा महत्वपूर्ण सहयोग गर्दै आएको छ। सूचना भन्नाले कुनै स्रोतबाट प्राप्त जानकारीलाई प्राप्तकर्ता समक्ष पुर्याउनु भन्ने हो । यसरी स्रोतबाट प्राप्तकर्तासम्म सूचनाहरू पुर्याउने प्रक्रियामा प्रविधिको प्रयोग गरिएको छ भने त्यसलाई सूचना तथा सञ्चार प्रविधि भन्ने गरिन्छ । वर्तमान समयमा इमेल, इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल कम्युनिकेसन, वायरलेस सञ्चार आदि को प्रयोग दैनिक रुपमा बढ्दो क्रममा छ ।  सूचना तथा सञ्चार प्रविधि त्यस्तो किसिमको प्रविधि हो, जहाँ सूचना सञ्चालनको लागि त्यस्तो प्रविधिको वा साधनको प्रयोग गरिन्छ जसबाट सूचनाको संकलन, भण्डारण, पुन: प्राप्ति, प्रयोग, सञ्चालन, प्रबोधिकरण जस्ता काम स्तरीय तरिकाबाट गर्न सकिन्छ

 सूचना तथा सञ्चार शिक्षा : सूचना तथा सञ्चारका कार्यहरू शैक्षिक क्षेत्रमा व्यापक रुपमा बढ्दै गइरहेको छ । जब सूचना तथा सञ्चार प्रविधिलाई शिक्षाको क्षेत्रमा प्रयोग गरिन्छ भने त्यसलाई सूचना तथा सञ्चार शिक्षा भनिन्छ । सूचना प्रविधिको प्रयोगद्वारा विभिन्न प्रकारका सूचनाहरुलाई वा जानकारीहरुलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराको बारेमा जानकारी सूचना तथा सञ्चार शिक्षामा प्राप्त हुन्छ। कम्प्युटरलाई सूचना तथा सञ्चार शिक्षाको महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ। सूचना तथा सञ्चार प्रविधिले पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन, टेलिफोन, कम्प्युटर, इमेल, इन्टरनेट जस्ता कुराहरुलाई महत्वपूर्ण तरिकाले समावेश गर्दछ। यसरी सूचना तथा सञ्चार प्रविधिले गरेको विकासलाई शिक्षाको क्षेत्रमा प्रयोग गरिनु सूचना तथा सञ्चार शिक्षा हो। e-book, e-education, e-library, e-learning जस्ता सूचना तथा सञ्चार शिक्षा क्षेत्रका महत्वपूर्ण कुराहरू हुन्।

पेशागत संघसंस्थाहरु र सूचना तथा सञ्चार प्रविधि :  पेशागत संघसंस्थाहरु नेपाली शिक्षकहरूको हक हितका लागि लामो समयदेखि संघर्ष गर्दै आइरहेक  नेपाली शिक्षकहरूको साझा संस्था हुन्। शिक्षकहरूको ट्रेड युनियन अधिकार र प्रजातन्त्र पुन: स्थापनाका लागि शिक्षकहरुका लागि आवाज बुलन्द गरिरहने संघसंगठन शिक्षकहरुकै लागि भनेर हकहितका पक्षमा वकालत गर्ने साझा फोरम हुन्। नेपालका शिक्षक संघ संगठनहरुलाई प्रविधिको माध्यमबाट सुपरिचित गराउने कार्यमा यिनीहरुले कार्य सुरुवात गर्दै आएको भए तापनि वर्तमान अवस्थामा भने यिनीहरुले सूचना तथा सञ्चार विभाग स्थापना गरि आधिकारिक संरचना नै खडा गरेका छन् । हाल संघिय, प्रदेश र जिल्ला तहसम्म यस विभागको संरचना विस्तार भएका छन् ।  महामारीको रूपमा कोरोनाको प्रभाव बढेपछि वैकल्पिक शिक्षा सुरुवात हुँदा देशभरका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यका लागि नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन लगाएतले महत्वपूर्ण योगदान गर्दै आएका थिए । शिक्षक सङ्घसंगठनमा आबद्ध नेपाली शिक्षकहरूलाई जिल्ला तह, प्रदेश तह र केन्द्रीय स्तरबाट सूचना तथा सञ्चार प्रविधिमा अब्बल गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्षम शिक्षक तयार गर्ने र प्राविधिक तालिमका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराहरुमा हरदम प्रयास गर्दै  आइरहेको थियो- छ र गरिरहने छ । 

शिक्षक सङ्घ संगठनको आधुनिकिकरण :  नेपाली शिक्षक संघ संगठनहरुलाई आधुनिक परिवेश अनुसार परिवर्तन गर्दै आधुनिकिकरणतर्फ अगाडि बढाउनु अति आवश्यक रहेको छ। पुरानो कागजी शैलीबाट डिजिटल प्रविधिमा रूपान्तरित हुँदै आम शिक्षकहरूका बीचमा गएर मन जित्ने गरी कार्यहरु गर्न संघ संगठनहरुलाई परिवर्तित रुपमा अगाडि ल्याउनुपर्ने अवस्था आएको छ। आम शिक्षकहरु पेशागत सुरक्षा मात्रै नभई पेशागत क्षमता अभिवृद्धि होस् भन्ने चाहन्छन् । पेशागत क्षमता अभिवृद्धिका लागि आधुनिक प्रविधि सम्बन्धी ज्ञान हुनु जरुरी हुन्छ। त्यसैले संघसंगठनहरुले आम शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षक निर्माण गर्नका लागि प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रमहरू अगाडि ल्याउनु जरुरी छ। सूचनाहरू लिन र दिन केन्द्र प्रदेश र जिल्ला तहमा वेब पेजहरू निर्माण गरी आम शिक्षकहरुलाई प्रयोग गर्ने वातावरण निर्माण गर्नतर्फ शिक्षक संघ तत्काल लाग्नुपर्ने देखिन्छ।

मर्यादित शिक्षण पेशा र प्रविधि :  शिक्षण पेशा मर्यादित बनाउन प्रविधिको महत्त्वपूर्ण भूमिका रहन्छ। प्रविधिले शिक्षकको शिक्षणलाई सहजीकरण गर्दछ । विद्यार्थीको सिकाइलाई दिगो बनाउँछ र समग्रमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदछ। यसको प्रयोग गर्दा ग्रामीण र सहरी तथा निजी र सामुदायिक विद्यालयका बीचको सिकाई स्तरमा असमानता न्यूनीकरण गरी समग्र शिक्षाकै गुणस्तर वृद्धि गर्न सहायक बन्दछ। यसका अलावा शिक्षकको व्यक्तिगत विकासमा पनि प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ । वर्तमान परिवेशमा प्रविधि विना अब शिक्षण पेशालाई टिकाउन गाह्रो हुने अवस्था सिर्जना हुँदैछ।

शिक्षकले प्रविधिको प्रयोग किन गर्ने ?

शिक्षकहरूले प्रविधिको प्रयोग गर्नाले शैक्षिक प्रक्रियामा सकारात्मक परिणाम देखिनेछ। साथै शिक्षकको क्षमता तथा अनुभवलाई वृद्धि गराउन सहयोग पुर्‍याउँदछ। शिक्षकहरूले प्रविधिको प्रयोग गर्दा उनीहरूले आधिकारिक शिक्षा प्रक्रियामा नवीन प्रविधिको प्रयोग गर्न सक्छन् जसले शिक्षा प्रणालीलाई अधिक उत्तम बनाउँदछ। प्रविधिले शिक्षकलाई सजिलै छात्र छात्राहरुलाई सम्बोधन गर्न र सञ्चार गर्न क्षमता प्रदान गर्दछन् । प्रविधिको प्रयोगले शिक्षकलाई सजिलै सम्बोधन गर्न, आवश्यक सञ्चार गर्न र प्राविधिक शैक्षिक ज्ञान हासिल गर्न क्षमता प्रदान गर्दछ। यसका साथै शिक्षकले विभिन्न शैक्षिक सामग्रीहरू खोजी गरी शिक्षण कार्यमा दक्ष बन्न समेत सहयोग गर्दछ। शिक्षकलाई विविधता र अनुकूलन गर्न प्रविधिले प्रेरित गर्दछ । शिक्षकलाई स्वअध्ययनको अवसर प्रदान प्रविधिले गर्दछ। विद्यार्थीहरूको रुचि तथा प्रेरणा प्रति प्रेरित गर्न प्रविधिको प्रयोग गर्ने गरिन्छ। बालबालिकाहरूको अध्ययन, उनीहरूको रुचि, नैतिकता, सामाजिकता र वैज्ञानिक दृष्टिकोणहरूको क्षेत्र वृद्धि गर्नका लागि शिक्षकलाई प्रविधिको आवश्यकता पर्दछ। 

शिक्षणमा आधुनिक प्रविधिको उपयोग : प्रविधिको प्रयोग गरी तत्कालीन सूचनाहरूलाई शिक्षाको पहुँचभित्र ल्याउन सकिन्छ विषयवस्तुका थप स्रोत पहिल्याउन पनि प्रविधिले सघाउँछ विश्वसनीय सूचनाको स्रोत पहिचान गर्न सकियो भने शिक्षक सिकारू दुवैको ज्ञानको दायरालाई क्रमशः फराकिलो बनाउँदै लान पनि प्रविधिले मद्दत गर्दछ शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्न, सिकारूलाई नयाँ नयाँ ज्ञानको खोजी गर्न, स्वः अध्ययनको माध्यमले शैक्षिक उपलब्धि हासिल गर्नका लागि पनि प्रविधिको उपयोग महìवपूर्ण हुन्छ दोहोरो संवादलाई कक्षा शिक्षणमा ्रयोग गर्न, शिक्षण कार्यलाई स्रोतपूर्ण बनाई अर्थपूर्ण शिक्षण सिकाइ कार्य गर्न, सिकारूमा खोजी गर्ने बानीको विकास गर्न पनि प्रविधिको प्रयोग गर्न सकिन्छ संसारमा भए गरेका राम्रा सफल शिक्षण अभ्यासलाई कक्षा शिक्षणमा भित्रयाउन आधुनिक सूचना तथा प्रविधिले सहयोग गर्दछ यसरी प्रविधिको सही सदुपयोग गरी समग्र शिक्षा प्रणालीको समुचित विकास विस्तारमा सहयोग पुर्याउन सकिने भएकाले शिक्षण क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको मुख्य भूमिका  महत्वपूर्ण रहेको पाइन्छ 

आधुनिक विश्वसँग शिक्षक र विद्यार्थी दुवैलाई परिचित गराउन प्रविधिले पुलको काम गरिरहेको छ संसारका विभिन्न उपयोगी वेबसाइटको सञ्जालमा सहभागी भई त्यसबाट प्रशस्त लाभ लिन सकिन्छ कतिपय अवस्थामा अनुपयोगी शिक्षक केन्द्रित शिक्षण पद्धतिलाई विस्थापित गरी प्रविधिकेन्द्रित उपयोगी शिक्षण पद्धतिलाई कक्षा शिक्षणमा प्रयोग गर्न प्रविधिको उपयोग ìवपूर्ण हुनसक्छ कक्षा शिक्षणमा आधुनिक प्रविधिहरू जस्तैः मल्टीमिडिया, अनलाइन करिकुलम, अनलाईन सिकाई, भर्चुअल सिकाई,  डिजिटल लाइब्रेरी, प्रोजेक्टर, युट्युब, ई–कन्फरेन्स, आदिको प्रयोग गरी कक्षा शिक्षणको स्तरमा अभिवृद्धि गर्न प्रविधि एक अति आवश्यक साधन बनेको छ

कक्षा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको भरपुर सदुपयोग गर्दै सिर्जनात्मक, समालोचनात्मक एवं अनुसन्धानमूलक क्रियाकलापमा सहभागी हुन सके यसबाट समुचित फाइदा लिन सकिन्छ तर प्रविधि केवल एक साधन मात्र हो, यसलाई साध्यका रूपमा प्रयोग गर्नुभन्दा पनि शिक्षण सिकाइलाई प्रभावकारी बनाउने एक उपयोगी साधनका रूपमा लिनु पर्दछ ।

शिक्षक संघ संगठनमा आबद्ध शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने उपाय : नेपाली शिक्षक संघ संगठनहरुमा आबद्ध शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने उपायहरूलाई निम्न अनुसार उल्लेख गरिन्छ :

v   संघसगठनहरुले प्रविधिको प्रशिक्षण कार्यक्रमलाई योजनाबद्ध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्दछ साथै आबद्ध शिक्षकहरुलाई नयाँ प्रविधिहरू र टेक्नोलोजीको प्रयोगका लागि प्रशिक्षण तत्काल सुरु गर्नुपर्दछ

v   संघसगठनहरुले प्रविधिको सम्बन्धमा सातवटै प्रदेशलाई समेटिने गरेर सेमिनार वा कार्यशाला आयोजना गरी प्रविधिमैत्री बनाउनका लागिआधुनिक शैक्षिक प्रविधिहरूको अध्ययन र प्रयोगका लागि समर्थन गर्ने वातावरण सिर्जना गर्नुपर्दछ।

v    संघसगठनहरुले आबद्ध शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन प्रदेश, जिल्ला र पालिकाहरूमा तालिम सञ्चालन गर्नुपर्दछ

v   संघसगठनहरुले प्रविधिको प्रयोगका लागि आबद्ध शिक्षकहरूलाई प्रेरित गर्नुका साथै उनीहरूलाई आवश्यक सहयोग प्रदान गर्नुपर्दछ।

v    संघसगठनमा आबद्ध शिक्षकहरूले उत्पादन गरेका उत्कृष्ट शैक्षिक सामग्रीहरूलाई संघको माध्यमबाट सबैले हेर्न मिल्ने गरी व्यवस्थापन गर्नुपर्दछ ।

v   संघसगठनहरुसँग आबद्ध शिक्षकहरुले प्रविधिको सम्बन्धमा गरेको अनुसन्धान एवं लेखहरुलाई प्रकाशित गर्ने र आम शिक्षक माझ पुर्याउने वातावरण सिर्जना गर्नुपर्दछ । साथै देशभरका असल अभ्यासहरुलाई आम शिक्षकहरुका बीच पुर्याउने माध्यमको रुपमा संयन्त्र बनाई अभिभावकिय भूमिका खेल्नु पर्दछ ।

v   संघसगठनहरुले प्रदेशगत रुपमा कार्यशाला र शैक्षिक सम्मेलनहरू आयोजना गर्नु पर्दछ जसमा आबद्ध शिक्षकहरूले आफ्नो काम र प्रगति  समेत समीक्षा गर्न सक्दछन्।

v   शिक्षकहरूलाई शैक्षिक नेतृत्व र अध्ययन ग्रुपहरूमा समावेश गर्ने प्रेरणा प्रदान गर्न सक्नुपर्दछ जसले प्राविधिक ज्ञान आधार प्रदान गर्न सहयोग गर्दछ ।

v  सामाजिक सञ्जालको प्रयोग गरी शिक्षकहरू बीच नेटवर्क निर्माण गर्नुपर्दछ ।

v  शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनका लागि  संघसगठनहरुले आबद्ध शिक्षकहरूका लागि प्रेरणाप्रद प्रेरक उदाहरण प्रकाशित गर्नुपर्दछ ।  संघसगठनहरुलेमा आबद्ध शिक्षक नेताहरूले नेतृत्व गरेको विद्यालय नमुनाका रुपमा प्रस्तुत गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

नेपाली शिक्षक  संघसगठनहरुले प्रविधिको क्षेत्रमा गर्नुपर्ने भावी कार्यहरू :  

संघसगठनहरुले आधुनिक प्रविधिकाको उपयोग गरी निम्न कार्यहरू गर्नुपर्दछ। 

v व्यवस्थित वेबसाइट प्रत्येक प्रदेश र जिल्ला तहमा पहुँच पुग्ने गरि निर्माण गर्ने

v LMS System तयार गरी शिक्षण सामग्री राख्ने व्यवस्था केन्द्रबाट मिलाउने देशभरका शिक्षकहरुले  गर्वका साथ पेशागत क्षमता विकासका लागि नमुना काम गर्यो भन्न सकुन ।

v अनलाइन एवं प्रत्यक्ष तालिमको तत्काल व्यवस्थापन गर्ने

v आन्तरिक प्रतिस्पर्धामा पूर्ण सफल गराउन शिक्षकहरूलाई शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने

v AI  जस्ता नविन प्रविधिको ज्ञान शिक्षकहरु माझ पुग्ने वातावरण निर्माण गर्ने

v आधुनिक नमुना शिक्षक प्रशिक्षण केन्द्रको स्थापना गर्ने

v अनुसन्धान उपसमिति निर्माण गरी प्रत्येक वर्ष शैक्षिक अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने  आदि । 

SHARE

0 Comments

Leave a Reply